काठमाडौं — आमाप्रतिको अथाह माया, त्याग र सम्झनालाई समेटेर तयार गरिएको नयाँ नेपाली गीत ‘मेरी आमा’ सार्वजनिक गरिएको छ। गायिका कमला मैनालीको स्वरमा सजिएको यस गीतले आमाको मर्मस्पर्शी भावना उजागर गरेको छ।
गीतका शब्द नवराज कालिकोटेले लेखेका हुन् भने संगीत सुदिप जोशीले तयार पारेका हुन्। गीतको मिक्सिङ तथा मास्टरिङ र एरेञ्जमेन्ट रुबिन मगरले गरेका छन्। अडियो रेकर्डिङ अरोहा रेकर्डिङ स्टुडियोमा गरिएको हो।
भिडियोतर्फ, गीतको निर्देशन तथा अवधारणा सुशील रौचालको रहेको छ। भिडियोमा स्वयं कमला मैनालीको अभिनय देख्न सकिन्छ। छायांकन मनोज खत्रीले गरेका छन् भने सम्पादन तथा रङ संयोजन विनोद बामले गरेका हुन्। भिडियोको निर्माण व्यवस्थापकको रूपमा नवराज कालिकोटे रहेका छन्।
गीत तथा भिडियोको पोस्ट प्रोडक्सन **शनिश्चर म्युजिक कम्पनी प्रा.लि.**ले गरेको छ। आमाको सम्झनामा तयार पारिएको यो गीतले दर्शक–श्रोताको मन छुने अपेक्षा गरिएको छ।



