यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट चुनावी मैदानमा को-को छन् उम्मेदवार?

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo. Aliquam non leo id magna vulputate dapibus. Curabitur a porta metus. In viverra ipsum nec vehicula pharetra. Proin egestas nulla velit, id faucibus mi ultrices et.

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले पहिलोपटक पार्टी निर्माण गरेर उम्मेदवार दर्ता गराएका छन्।

मंसिर ९ गते अल्पसंख्यक समुदायले ‘समावेशी समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता गराएका थिए। नुमा लिन्बुको अध्यक्षतामा दर्ता गरिएको पार्टीका पदाधिकारीहरू पहिलोपटक चुनावमा होमिएका छन्।

राज्यका हरेक निकायमा अल्पसंख्यक समुदायको प्रतिनिधित्व गराउने उद्देश्यले दल दर्ता गरी निर्वाचनमा सहभागी भएको समावेशी  समाजवादी पार्टीका अध्यक्ष नुमा लिम्बुले जानकारी दिइन्।

उनी आफूलाई तेस्रोलिंगी महिला भनेर चिनाउँछिन्।

‘हामीले प्रत्यक्षतर्फ अहिलेसम्म ५ जना प्रत्यक्षतर्फ उम्मेदवार खडा गराएका छौं, समावेशीतर्फ पनि ७/८ जना छन्,’ उनले भनिन्, ‘हामी पनि आम मानिसहरूको अगाडि जानु नै ठुलो उपलब्धि हो।’

उनी आफै पनि मोरङ क्षेत्र नम्बर-४ बाट उम्मेदवार दर्ता गराएकी छन्। उनले आफ्नो समुदायका मानिसलाई आम मानिस सरहको हक, अधिकार र व्यवहार दिलाउनका लागि चुनावमा होमिएको सेतोपाटीलाई जानकारी दिइन्। 

उनका अनुसार प्रतिनिधिका रूपमा जनताको घर-घरमा भोट माग्दै हिँड्नु नै ठुलो कुरा हो। अल्पसंख्यक समुदाय सडकमा उभिन्छ, यौन व्यवासय गर्छन् भन्ने आम मानिसको भ्रमलाई तोड्न पनि आफूहरू चुनावमा उत्रिएको दाबी गर्छिन्। 

Laxmi bank

उनले आफ्नो समुदायसँगै एमाले, कांग्रेस, नेकपा र रास्वपालगायका सबैलाई आफूलाई सहयोग गर्न आग्रह गरेकी छन्।

समलिंगी पुरूष देवेन्द्रबहादुर खत्री (मधु)ले पनि रूपन्देही  क्षेत्र- २ बाट चुनाव लड्ने भएका छन्। उनले पनि मंगलबार उम्मेदवारी दर्ता गराएका हुन्।

Ncell

‘अल्पसंख्यक समुदायका मानिसहरूले स्वतन्त्र रूपले समाजमा हिँड्ने सक्ने बनाउन पनि चुनावमा होमिएको हो,’ खत्रीले भने।

उनले आफूहरू पहिचान खुलाए बाहिर रूपमा हिँडडुल गर्नसमेत नसकेको धारण व्यक्त गर्छन्।

त्यस्तै, नेपालमा पहिलो समलिंगी विवाह कानुनी रूपमा दर्ता गर्न सफल सुरेन्द्र पाण्डेले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी काठमाडौं क्षेत्र- १ बाट चुनाव लड्ने घोषण गरेका छन्।

परम्परागत तथा पितृसत्तात्मक सोच र व्यवहारविरूद्ध आवाज बलियो बनाउन आफू पनि निर्वाचनमा होमिएको उनी बताउँछन्।

‘अल्पसंख्यक समुदायले खुलेर आफ्नो पहिचान खुलाएर हिँड्न सक्ने अवस्था छैन। पहिला आफूहरू पनि मानव हो भनेर चिनाउँनु छ,’ उनले भने, ‘हामीलाई पनि समान व्यवहार, हकबारे जागरूक गराउन आएका हौ।’  

काभ्रे क्षेत्र नम्बर १ को प्रत्यक्षतर्फ बिनोद लामा (कोनिका) ले पनि उम्मेदवार दर्ता गराएका छन्। उनी पनि आफूलाई तेस्रो लिंगी महिला भनेर चिनाउँछिन्। 

लैंगिक अल्पसंख्यकको मुद्दाहरूलाई बेवास्ता गरेकै कारण आफूहरूले छुट्टै पार्टी बनाएर चुनाव लड्नु परेको सेतोपाटीलाई बताइन्। 

‘हामीमाथि दैनिक हिंसा भइरहेको छ। त्यसका लागि आवाज उठाउँदा सम्बन्धित निकायहरूले समेत वास्ता गरेनन्,’ उनले भनिन्, ‘समावेशीताको यतिधेरै चर्चा भइरहँदा पनि ठूला दलहरूले अल्पसंख्यक समुदायलाई जोडेनन्।’ 

महिला, जनजातिलाई केही प्रतिशत समेटे पनि अल्पसंख्यक समुदायका मानिसहरूलाई भने ठूला दलहरूले नजोडेको उनको आरोप छ।

ठूला दलहरूले नै आफूहरूलाई बेवास्ता गरेपछि दल बनाएर चुनावमा होमिनु परेको उनी बताउँछिन्। 

अल्पसंख्यक समुदायलाई बलियो बनाउन समलिंगी पुरूष पूर्णचन्द पौडेलले पनि उम्मेदवारी दर्ता गराउने लाइनमा छन्। उनले काठमाडौं क्षेत्र- १० बाट उम्मेदवारी दर्ता गराउन लागेका हुन्। 

‘उम्मेदवारी दर्ता गराउने ठाउँमा लामो लाइन भएकाले पर्खाइमा हो,’ उनले भने, ‘सरकार र आम जनतालाई हामी पनि छौं भनेर जानकारी दिनमात्र भएपनि चुनाव लड्नु छ।’ 

‘समुदाय अहिलेसम्म पनि दबाबमै बाँचिरहेका छन्। समाजले मानिस नै होइन जसरी पछाडि सारिदिएका छन्। समाजको आवाज बलियो बनाउन चुनावमा होमिएका हौं, उनले अगाडि भने। 

त्यस्तै आफूलाई तेस्रो लिंगी महिला भनेर चिनाउने पिंकी राईले ओखलढुंगा क्षेत्र- १ बाट उम्मेदवारी दर्ता गर्न कार्यालय पुगेकी थिइन्। तर नागरिकतामा पुरूषको नाम हुँदा रोकिएको मायाको पहिचान नेपालका निर्देशक सुनिलबाबु पन्तले जानकारी दिए। 

‘शारीरिक बनावट र नागरिकता नाम फरक हुँदा उम्मेदवारी दर्ता रोकिएको छ,’ उनले भने, ‘वडाबाट सिफारिस आएमा दर्ता हुन्छ भनेर उहाँहरू लागिरहनु भएको छ।’ 

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

हाम्रो बारेमा

के छ नेपाल दैनिक पत्रिकाको अनलाइन सस्करणमा स्वागत छ । के छ नेपाल दैनिक पत्रिकाको डिजिटल पत्रिका नियमति पढौँ । हरेक दिन छापा र प्रत्येक सेकेण्ड डिजिटल माध्यममा सुचना र समाचारको लागि ” के छ नेपाल “

आधिकारिता

• दर्ता नं: ३२३/०८०/०८१
• Editor-in-Chief :
Umita Subedi

• Chairman:
Sushma Ale Magar

सम्पर्क

वीरगंज महानगरपालिका वडा नं ६ माइस्थान पर्सा , मधेश प्रदेश 

हटलाईन


Email Us
:
info.kchhanepal@gmail.com

Contact:
+977 9762345745

kchhanepal 2026. All Rights Reserved.