बारा क्षेत्र नं. ४ : बहुदलीय भिडन्त, ‘जेनजी’देखि पूर्व शक्तिकेन्द्रसम्मको परीक्षा

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo. Aliquam non leo id magna vulputate dapibus. Curabitur a porta metus. In viverra ipsum nec vehicula pharetra. Proin egestas nulla velit, id faucibus mi ultrices et.

बारा : बारा क्षेत्र नं. ४ मा प्रत्यक्षतर्फ ३९ जनाको उम्मेदवारी दर्तासँगै यस क्षेत्रको निर्वाचन बहुआयामिक र चासोको विषय बनेको छ । २० जना राजनीतिक दलका उम्मेदवार र १९ जना स्वतन्त्र उम्मेदवारको उपस्थितिले मत विभाजनको सम्भावना उच्च देखिएको छ । यसले कुनै एक दलको सहज जितभन्दा पनि कडा प्रतिस्पर्धा र अप्रत्याशित नतिजाको संकेत गर्छ । यस निर्वाचनको सबैभन्दा चर्चित पक्ष भनेको अनुभव र नयाँ पुस्ताबीचको प्रतिष्पर्धा हो ।

नेकपा एमालेका उम्मेदवार निबर्तमान सांसद तथा पूर्व मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) र राष्ट्रिय परिवर्तन पार्टीका उम्मेदवार पूर्व आईजीपी सर्वेन्द्र खनालजस्ता अनुभवी र पहिचान भएका व्यक्तिहरू मैदानमा छन् । उनीहरूको प्रशासनिक र राजनीतिक अनुभव मतदातामाझ बलियो आधार मानिन्छ ।त्यसको विपरीत नेपाली कम्युनिष्ट पार्टी नेपालबाट २७ वर्षीय ‘जेनजी’ युवा अजय कुश्वाहाको उम्मेदवारीले युवापुस्ताको प्रतिनिधित्व र परिवर्तनको आकांक्षा मुखर बनाएको छ ।

परम्परागत राजनीतिप्रति असन्तुष्ट युवा मतदातालाई आकर्षित गर्न सक्ने सम्भावना उनको पक्षमा देखिन्छ ।नेपाली कांग्रेसका श्यामबाबु गुप्ता र नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ (किसान) पुराना मुख्यधारका दलका उम्मेदवार हुन् । कांग्रेस र एमालेबीचको परम्परागत प्रतिस्पर्धा यस क्षेत्रमा पनि दोहोरिएको छ । यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र विभिन्न साना दलहरूको सक्रियताले दुई दलीय ध्रुवीकरण कमजोर बन्ने संकेत देखिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका रहबर अंसारीले वैकल्पिक राजनीतिका समर्थक मतदातालाई लक्ष्य बनाइरहेका छन् भने जनमत पार्टीका हमजान मियाले पहिचान र स्थानीय मुद्दालाई जोड दिँदै अभियान अघि बढाइरहेका छन् ।बारा क्षेत्र नं. ४ मा जातीय, धार्मिक र सामाजिक विविधता महत्वपूर्ण मत–आधारका रूपमा रहेको छ । मुस्लिम, मधेसी, थारु तथा पहाडी समुदायको मिश्रित बसोबास रहेको यस क्षेत्रमा उम्मेदवारहरूको सामाजिक पृष्ठभूमि र समुदायसँगको सम्बन्ध निर्णायक बन्न सक्छ ।

महिला उम्मेदवारको रूपमा मुनि खातुन र सरस्वती उपाध्यायको उपस्थितिले लैंगिक प्रतिनिधित्वको मुद्दा पनि चुनावी बहसमा आएको छ । १९ जना स्वतन्त्र उम्मेदवारको सहभागिताले मत विभाजनलाई अझै जटिल बनाएको छ । स्वतन्त्र उम्मेदवारहरू संगठित राजनीतिक शक्ति नहुँदा जित कठिन देखिए पनि उनीहरूले मुख्य दलका मत काट्ने भूमिका खेल्न सक्छन् । यसले नतिजा अन्तिम चरणसम्म अनिश्चित बनाउने सम्भावना छ ।

रोजगारी, शिक्षा, स्वास्थ्य सेवा, सिँचाइ, सडक तथा औद्योगिक विकास यस क्षेत्रका प्रमुख मुद्दा हुन् । साथै, युवाको विदेश पलायन, सीमावर्ती सुरक्षाका सवाल र सुशासन मतदाताको प्राथमिकतामा रहेको देखिन्छ । उम्मेदवारहरूले यी विषयमा कति विश्वसनीय योजना प्रस्तुत गर्छन् भन्ने कुराले मतदाताको निर्णयमा ठूलो प्रभाव पार्नेछ ।बारा क्षेत्र नं. ४ को निर्वाचन केवल जित–हारको प्रतिस्पर्धा मात्र होइन, पुरानो राजनीतिक अभ्यास र नयाँ सोचबीचको जनमत परीक्षण बनेको छ ।

बहुदलीय भिडन्त, स्वतन्त्र उम्मेदवारको संख्या र मतदाताको बढ्दो सचेतनाले यस क्षेत्रको नतिजा अनुमानभन्दा बाहिर जान सक्ने सम्भावना प्रबल छ । अबको केही दिनमा उम्मेदवारहरूको अभियान, एजेन्डा र जनसम्पर्कले कसले मतदाताको विश्वास जित्छ भन्ने कुरा स्पष्ट हुँदै जानेछ ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

हाम्रो बारेमा

के छ नेपाल दैनिक पत्रिकाको अनलाइन सस्करणमा स्वागत छ । के छ नेपाल दैनिक पत्रिकाको डिजिटल पत्रिका नियमति पढौँ । हरेक दिन छापा र प्रत्येक सेकेण्ड डिजिटल माध्यममा सुचना र समाचारको लागि ” के छ नेपाल “

आधिकारिता

• दर्ता नं: ३२३/०८०/०८१
• Editor-in-Chief :
Umita Subedi

• Chairman:
Sushma Ale Magar

सम्पर्क

वीरगंज महानगरपालिका वडा नं ६ माइस्थान पर्सा , मधेश प्रदेश 

हटलाईन


Email Us
:
info.kchhanepal@gmail.com

Contact:
+977 9762345745

kchhanepal 2026. All Rights Reserved.