‘धुरन्धर’ सिक्वेलको नाम ‘धुरन्धरः द रिभेन्ज’ राखियो, टिजरलाई ‘ए’ प्रमाणपत्र

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo. Aliquam non leo id magna vulputate dapibus. Curabitur a porta metus. In viverra ipsum nec vehicula pharetra. Proin egestas nulla velit, id faucibus mi ultrices et.

बलिउड फिल्म ‘धुरन्धर’ ले बक्स अफिसमा आक्रामक कमाइ गर्‍यो। यो फिल्मले भारतमा ८ सय २६ करोड ५० लाख भारू नेट र विश्वभर १ हजार २ सय ८३ करोड ५० लाख भारू ग्रस कमाइसकेको छ।

आदित्य धर निर्देशित ‘धुरन्धर’ ले नेपालमा समेत १० करोड रूपैयाँमाथि ग्रस कमाएको छ। अब दुई महिनापछि ‘धुरन्धर’ को सिक्वेल प्रदर्शनमा आउने तालिका छ। 

अक्षय खन्ना, रणवीर सिंह, संजय दत्त, अर्जुन रामपाल, सारा अर्जुन र राकेश बेदी जस्ता कलाकारहरू अभिनीत फिल्मले बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेपछि यसको दोस्रो भागप्रति दर्शकहरूको चासो अझ बढेको देखिन्छ। 

यसैबीच, ‘धुरन्धर’ को सिक्वेलको शीर्षक तय भएको छ।

सोमबार केन्द्रीय चलचित्र प्रमाणिकरण बोर्डले ‘धुरन्धर’ को सिक्वेलको टिजर पास गरेको छ। सेन्सर प्रमाणपत्रमा उल्लेख भएअनुसार फिल्मको शीर्षक ‘धुरन्धरः द रिभेन्ज’ रहेको बलिउड हंगामाले जनाएको छ। सिक्वेलको टिजर हेरेपछि सेन्सर बोर्डले यसलाई ‘ए’ प्रमाणपत्र दिएको छ। यस प्रमाणपत्रले फिल्म वयस्क दर्शकका लागि मात्र उपयुक्त रहेको बताउँछ। 

Laxmi bank

सेन्सरबाट पास भएको टिजर छिट्टै सार्वजनिक गरिने तयारी भइरहेको छ। उक्त टिजर ‘बोर्डर २’ रिलिजसँगै सिनेमाघरमा प्रदर्शन गरिने बताइएको छ। 

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

हाम्रो बारेमा

के छ नेपाल दैनिक पत्रिकाको अनलाइन सस्करणमा स्वागत छ । के छ नेपाल दैनिक पत्रिकाको डिजिटल पत्रिका नियमति पढौँ । हरेक दिन छापा र प्रत्येक सेकेण्ड डिजिटल माध्यममा सुचना र समाचारको लागि ” के छ नेपाल “

आधिकारिता

• दर्ता नं: ३२३/०८०/०८१
• Editor-in-Chief :
Umita Subedi

• Chairman:
Sushma Ale Magar

सम्पर्क

वीरगंज महानगरपालिका वडा नं ६ माइस्थान पर्सा , मधेश प्रदेश 

हटलाईन


Email Us
:
info.kchhanepal@gmail.com

Contact:
+977 9762345745

kchhanepal 2026. All Rights Reserved.