बाराका चारै निर्वाचन क्षेत्रमा उम्मेदवारविरुद्ध उजुरी परेन

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo. Aliquam non leo id magna vulputate dapibus. Curabitur a porta metus. In viverra ipsum nec vehicula pharetra. Proin egestas nulla velit, id faucibus mi ultrices et.


कलैया । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाराका चारै निर्वाचन क्षेत्रमा दर्ता भएका उम्मेदवारविरुद्ध कुनै पनि उजुरी परेको छैन ।माघ ५ गते मंगलबार सम्पन्न मनोनयन दर्ता प्रक्रियाअनुसार बारा निर्वाचन क्षेत्र नं. १ मा २० जना, क्षेत्र नं. २ मा २९ जना, क्षेत्र नं. ३ मा २४ जना र क्षेत्र नं. ४ मा ३९ जना गरी जम्मा ११२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका थिए। बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्ने समय तोकिएको भए पनि कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाराले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीका अनुसार उजुरी नपरे पनि माघ ८ गते मनोनयनपत्र तथा उजुरीउपर जाँचबुझ गरी उम्मेदवारहरूको नामावली प्रकाशन गरिनेछ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

हाम्रो बारेमा

के छ नेपाल दैनिक पत्रिकाको अनलाइन सस्करणमा स्वागत छ । के छ नेपाल दैनिक पत्रिकाको डिजिटल पत्रिका नियमति पढौँ । हरेक दिन छापा र प्रत्येक सेकेण्ड डिजिटल माध्यममा सुचना र समाचारको लागि ” के छ नेपाल “

आधिकारिता

• दर्ता नं: ३२३/०८०/०८१
• Editor-in-Chief :
Umita Subedi

• Chairman:
Sushma Ale Magar

सम्पर्क

वीरगंज महानगरपालिका वडा नं ६ माइस्थान पर्सा , मधेश प्रदेश 

हटलाईन


Email Us
:
info.kchhanepal@gmail.com

Contact:
+977 9762345745

kchhanepal 2026. All Rights Reserved.