K Chha Nepal ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • मनाेरञ्जन
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
अपराध केपी शर्मा ओली बृहत् निःशुल्क स्वास्थ्य शिविर bipin karki
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • मनाेरञ्जन
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
K Chha Nepal ::
No Result
View All Result

एभोकाडो महोत्सव सम्पन्न

उत्कृष्ठ एभोकाडो कृषक पुरस्कृत

केछ नेपाल by केछ नेपाल
८ मंसिर २०७५
0
SHARES
116
VIEWS
FacebookTwitter

धनकुटा नगरमा एभोकाडो महोत्सव सम्पन्न भएको छ । यस प्रकारको महोत्सव एशिया महादेशमा पहिलो र विश्वमा दोस्रो महोत्सवका रुपमा लिईएको छ । केहि महिना अघि भनकुटा नगरपालिकाले धनकुटा नगरलाई एभोकाडोको राजधानी घोषणा गरेका थिए ।
एक कार्यक्रमका वीच महोत्वसको उद्घाटन एभोकाडो काटेर प्रतिनिधिसभाका सदस्य रोजेन्द्रकुमार राईले गरे । यस्तै सोहि अवसरमा सदस्य राईले नवनिर्माण एभोकाडो प्रतिमाको अनावरणसमेत गरेका छन् । करिव ३० लाखको लागतमा एभोकाडो प्रतिमासहित पार्क निर्माण गरिएको छ । सोहि अवसरमा नगर प्रमुख चिन्तन तामाङले एभोकाडो प्रतिमा रहेको चौक परिचय मोड क्षेत्रलाई फ्री वाईफाई जोन घोषणा गर्दै उद्घाटन गरेका छन् ।

सो अवसरमा सांसद राईले जनता धनि नभएसम्म सरकारको समृद्ध नेपाल र सुखी नेपाली अभियान सफल नहुने बताए । उनले अब केहि वर्षभित्रै देश समृद्ध हुने जिकिर गरे । उनले धनकुटा राजधानी नभएपनि धनकुटाको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्र तथा पूर्वाधार विकासमा सरकारले ठूलो लगानी गर्ने आश्वासन दिए ।

उद्घाटन कार्यक्रममा प्रदेश सदस्यहरुको तर्फबाट रामचन्द्र तुम्वा, नगरप्रमुखहरुको तर्फबाट महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल, गाउँपालिकाहरुको तर्फबाट शहीदभूमिका अध्यक्ष मनोज राई, ृद्योग वाणिज्य संधका अध्यक्ष उमेश घिमिरे र पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले शुभकामना दिएका थिए । कार्यक्रममा स्वागत मन्तव्य उपप्रमुख शकुन्तला बस्नेतले गरेकि थिईन ।
धनकुटा नगरलाई एभोकाडोको राजधानी घोषणा गर्नु र महोत्सवको आयोजना गर्नुको कारण वारे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकादत्त राईले जानकारी दिएका थिए ।

नगरप्रमुख चिन्तन तामाङको अध्यक्षतामा सम्पन्न महोत्सवको अवसरमा नगरका उत्कृष्ट ६ जना कृषकहरुलाई पुरस्कृत गरिएको थियो । यसरी पुरस्कृत हुने कृषकहरुमा धनकुटा ६ का पुरुषोत्तम पोखरेल प्रथम भए । यस्तै धनकुटा ४ का राजकुमार तामाङ दोस्रो, धनकुटा ३ का जितेन्द्र राई तेस्रो भएका थिए । यस्तै सान्त्वता पुरस्कार धनकुटा ३ का रिता भण्डारी, धनकुटा ६ का उद्धव वाग्ले र धनकुटा ५ का सुजनभाई जोशीलाई प्रदान गरिएको थियो ।

प्रथम, दोस्रो , तेसा्रे र सान्त्वना पुरस्कृत हुनेहरुलाई क्रमशः नगद १५ हजार प्रमाण पत्र, १० हजार, पाँच हजार र सान्त्वना ३ जनालाई ३ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको थियो । महोत्सवमा २५ भन्दा बढी एभोकाडो स्टलहरु प्रर्दशनीका लागि राखिएका थिए । महोत्सव एक दिनमात्र सञ्चालन भएकोमा नगरवासीहरु दुःखित भएका थिए । नगरवासीका अनुसार कम्तिमा पनि ३ दिन महोत्सव सञ्चालन हुनुपर्ने बताए ।

सो अवसरमा महोत्सव सम्पन्न गर्न खट्ने कर्मचारीहरुलाई सम्मान गरिएको थियो । यस्तै स्टल राखेका कृषकहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

Related Posts

अनार चामलको ब्रान्ड एम्वेस्डरमा केकी र प्रकाश
अर्थ खबर

अनार चामलको ब्रान्ड एम्वेस्डरमा केकी र प्रकाश

अर्थ खबर

एकैदिन १ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

अर्थ खबर

राजमार्गको अवरूद्धले राजश्व संकलनमा ठूलो धक्का

English

कालिमाटी बजार व्यवसायीको आक्रोस

English

पैसा थुपार्ने भन्दा पनि उत्पादनमूलक कार्यमा

English

विद्यालयले पायो आर्थिक सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

‘छक्कापञ्जा’को कमाइलाई लिएर दीपकराज गिरीको यस्तो प्रष्टीकरण

‘छक्कापञ्जा’को कमाइलाई लिएर दीपकराज गिरीको यस्तो प्रष्टीकरण

८ मंसिर २०७५
‘कबड्डी ४’लाई ५ लाख दर्शकले हेरे, यी हुन् ‘ब्लकबस्टर’ हुनुका ८ कारण

‘कबड्डी ४’लाई ५ लाख दर्शकले हेरे, यी हुन् ‘ब्लकबस्टर’ हुनुका ८ कारण

८ मंसिर २०७५
काठमाडौंको फोहोर विसर्जन गर्न आज पनि अवरोध

काठमाडौंको फोहोर विसर्जन गर्न आज पनि अवरोध

८ मंसिर २०७५
मनोज पाण्डेलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति

मनोज पाण्डेलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति

८ मंसिर २०७५
करण जोहरमाथि चोरीको आरोप !

करण जोहरमाथि चोरीको आरोप !

८ मंसिर २०७५
स्वस्तिमा स्टारर ‘चिसो मान्छे’ ट्रेलर सार्वजनिक

स्वस्तिमा स्टारर ‘चिसो मान्छे’ ट्रेलर सार्वजनिक

८ मंसिर २०७५
K Chha Nepal ::



  • अनामनगर, काठमाडौं, नेपाल
  • +977-9843770671
  • info@k6nepal.com
  • प्रकाशक: शृंगार मीडिया प्रा. लि.
  • सम्पादक : रुपेश चलाउने
  • सुचना बिभाग दर्ता नं. ......

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय


विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • ब्लोअप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

विविध

  • विचार/ब्लग
  • साहित्य
  • अन्तर्वार्ता
  • रोचक विश्व
  • राम्रो नेपाल

  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 k6nepal.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • मनाेरञ्जन
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 k6nepal.com | By: HostMero.